Okebiz Video Search



Title:सगरमाथाको उचाइ नाप्न नापी विभागको टोली चुचुरोमै पुग्ने । Kantipur Samachar
Duration:02:11
Viewed:4,790
Published:04-04-2019
Source:Youtube

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई पुन: मापनका लागि नापी विभागका दुई कर्मचारी सगरमाथाको चुचुरोमै पुग्ने भएका छन् । संसारकै अग्लो चुचुरोको नयाँ उचाई मापन गर्न उनीहरु चैतको अन्तिमसाता सगरमाथा आरोहण गर्ने तयारी छ । पुन: मापनसम्बन्धि स्थलगत कार्य ६५ प्रतिशत सम्पन्न भइसकेको विभागले जनाएको छ । २०७२ को भुकम्पपछि ८ हजार ८ सय ४८ मिटरको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भएको भन्ने भ्रम सिर्जना भएपछि सरकार आफैले नयाँ उचाई मापन गरिरहेको छ । उचाई मापनका लागि सगरमाथाको चुचुरोसम्मै पुग्नुपर्ने भएकाले विभागका दुई जना कर्मचारी त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की चैतको अन्तिम साता सगरमाथा चढ्ने तयारी छ । दुवै कर्मचारीले हिमाल आरोहणसम्बन्धी तालिमसमेत लिइसकेका छन् । बंगालको खाडी सगरमाथाको सुरु आधार बिन्दु रहे पनि जयनगरसम्म भारतले यसअघि नै मापन गरिसकेकाले हाल विभागले सिरहाको माडरबाट सगरमाथा उँचाई नापिरहेको छ । टोलीले सोलुखुम्बुको पताले सम्म लेवलिङको काम सम्पन्न गरेको विभागको भनाई छ । उचाई मापनका लागि सोलुखुम्बु, संखुवासभा, भोजपुर र खोटाङमा पर्ने २ सय ८५ मध्ये २ सय ३० विन्दुमा सर्भेको काम सकिएको छ । विक्रम संवत २०१० मा सर्वे अफ इन्डियाले नापेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर कायम गरेको थियो । त्यसपछि २०५५ मा अमेरिकाले ८ हजार ८ सय ५० मिटर र २०६१ मा चीनले ८ हजार ८ सय ४४ र ४७ मिटर गरी दुइथरी उचाइ मापन गरेको थियो । २०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको भन्दै भ्रम सिर्जना भएपछि विगत एक वर्षदेखि विभागले उचाई मापन गरिरहेको छ । २५ करोड रुपैयाँ लागतमा अघिल्लो वर्ष फागुनदेखि मापन थालेको विभागले हालसम्म करिब ६५ प्रतिशत स्थलगत काम सकिएको जनाएको छ । आगामी ९ महिनाभित्र सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने विभागको तयारी छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: www.kantipurtv.com/apps Visit our Website: www.kantipurtv.com Facebook: www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: twitter.com/ourktv Instagram: www.instagram.com/kantipurtelevision/

SHARE TO YOUR FRIENDS


Download Server 1


DOWNLOAD MP4

Download Server 2


DOWNLOAD MP4

Alternative Download :



SPONSORED
Loading...
RELATED VIDEOS
सर्वोच्च शिखरको उचाई नाप्दाका अविस्मरणीय परिघटना | Tamasoma Jyotirgamaya | Khimlal Gautam | AP1HD सर्वोच्च शिखरको उ...
56:19 | 54,119
बिशाल समुन्द्रबाट उत्पति भएकाे थियाे सगरमाथा || How Are Mountains Formed?  || Bishwo Ghatana बिशाल समुन्द्रबा...
12:05 | 812,467
Lok Sewa Aayog || लोक सेवा आयोग || Nawaraj Parajuli || Preparing to Reach Lok Sewa Aayog || लोक सेवा आय...
15:03 | 60,802
PHAPLU,  PATALE Solukhumbu to Kathmandu | पताले सोलुखुम्बु बाट फर्केर आउदा .... PHAPLU, PATALE Solukhumbu to Kathmandu | प...
18:51 | 91,517
Helicopter Tour of Mt. Everest - Stunning Views of Himalayas in Nepal | Trek Tips Helicopter Tour of Mt. Everest - Stunning Views...
09:39 | 2,496,039
सामाजिक र आर्थिक रूपान्तरणको योजनासहित सरकारको नीति तथा कार्यक्रम तयार सामाजिक र आर्थिक ...
03:21 | 422
नेपालको वैदेशिक लगानी भित्र्याउने अवसर | Samachar Clip नेपालको वैदेशिक ल...
03:22 | 1,784
नवराज पराजुलिको कविता कन्सर्ट, पोखरा/Poetry Concert by Nawaraj Parajuli at Pokhara नवराज पराजुलिको क...
00:51 | 14,021

shopee ads